दफा ४०
सजायका प्रकार

(१) यस संहितामा उल्लिखित कसूर गरे बापत हुने सजायदेहाय बमोजिम हुने छन्ः–
(क) जन्म कैद,
(ख) कैद,
(ग) जरिबाना,
(घ) कैद र जरिबाना,
(ङ) क्षतिपूर्ति,
(च) जरिबाना वा क्षतिपूर्ति नतिरे बापतको कैद,
(छ) कैदको सट्टा सुधार गृह वासामुदायिक सेवा ।
(२) कानूनमा कुनै कसूर बापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसूरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिनेछैन ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक रुपैयाँँभन्दा कम जरिबाना र एक दिनभन्दा कम कैद हुने गरीसजाय गरिने छैन ।